www.tandavnews.com
Fact ~ In search of truth

नेपाली काँग्रेसले आज ७७ जिल्लामा विरोध प्रदर्शन गर्दै

पोखरा,
ताण्डव न्यूज ।

नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ। जिल्ला कार्यसमितिले ७७ वटै जिल्लामा सोमबार विरोध प्रदर्शन गरिने कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेस चरणवद्ध आन्दोलनमा छ । आन्दोलनकै क्रममा आज देशभरका ७७ जिल्लामा प्रदर्शन गर्न लागिएको हो । यसैबीच काँग्रेस सभापति शेरबहादुर देउवाले आजको प्रदर्शनमा सहभागी हुन आफ्ना नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।

Batas

संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको काँग्रेसले चरणबद्ध विरोध प्रर्दशन गर्दै आएको हो । यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ मा विरोध प्रदर्शन गरिएको थियो । कास्कीमा पनि प्रर्दशनको तयारी पूरा भएको प्रवक्ता नविन सिग्देलले जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.