www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश सहित आज देशैभरको मौसम बदली हुने

पोखरा
ताण्डव न्यूज ।

मौसम पूर्वानुमान महाशाखाले आज देशैभर मौसम बदली हुने बताएको छ । पश्चिमी वायुको प्रभावका कारण आज बिहान प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली देखिएको छ ।

गण्डकी र बागमती प्रदेशमा आंशिक बदली र देशका अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।महाशाखाका अनुसार देशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने आज देशभर तापक्रममा हल्का गिरावट आउन सक्नेछ।यसैगरी राति पनि उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Batas

प्रदेश नम्बर १ र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । महाशाखाका अनुसार देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु कुहिरो लाग्न सक्ने हुँदा तापक्रममा सामान्य गिरावट आउन सक्ने देखिएको छ ।

महाशाखाले तापक्रममा गिरावट आउने हुँदा जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.