www.tandavnews.com
Fact ~ In search of truth

पोखराका फोटोग्राफर खिम लामिछाने विश्व फोटोग्राफीको उत्कृष्ट ५ मा

फागुन ।

पोखराका फोटोग्राफर खिम लामिछाने ‘काजी’ विश्व फोटोग्राफी प्रतियोगिताको उत्कृष्ट ५ मा पर्न सफल भएका छन् ।

‘दुर्लभ रोग लागेर जीवन बिताइरहेका व्यक्तिहरुसँग सम्बन्धित जीवनकथाको उजागर’ शीर्षकमा युरोपियन अर्गनाइजेसन फर रेयर डिजिज (युरोडिस)द्वारा आयोजित प्रतियोगितामा ३० देशका २०७३ फोटो सहभागी थिए ।

Batas

तीमध्ये काजीको फोटो उत्कृष्ट ५ मा पर्न सफल भएको हो । काजीसँगै आइसल्याण्ड, स्लोभाकिया, संयुक्त राज्य अमेरिका र अष्ट्रियाका फोटोग्राफरहरु अन्तिम ५ को प्रतिस्पर्धामा छन् ।

अमेरिकी फोटो पत्रकार मार्कस ब्लिडेलले प्रतियोगितालाई विशेष सहयोग गरेका छन् । काजीले आफ्ना छोरा अनिमेष लामिछानेको फोटोलाई प्रतियोगितामा सामेल गराएका छन् । अनिमेष पटक पटक सजिलै हाड भाँचिने अष्ट्रियो जेनेसिस इन्पर्फेक्टा (ओआइ) रोगबाट ग्रसित छन् ।

उनको हालसम्म ४० भन्दा बढी पटक हाड भाँचिएको छ । रोग लागे पनि विद्यालय जाने, उनीहरुको इच्छाअनुसारको कार्य गर्न अभिभावकले सहयोग गर्नुपर्ने सन्देश दिने गरी आफूले फोटो खिचेको लामिछानेल बताए । उनको फोटोको शीर्षक  IO Can दिइएको छ ।

३१ जनवरीमा सुरु भएको प्रतियोगिताको उत्कृष्ट ५ को घोषणा ११ फेब्रअरीमा गरिएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.