काठमाडौँ ।
पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ ।
केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भइरहेको छ ।

मौसमविद् शान्ति कँडेललेका अनुसार यस प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने छ । हाल कायम रहेको पश्चिमी वायु कमजोर रहेकाले वर्षा हुन सकिरहेको छैन् । ‘वर्षा हुनका लागि पश्चिमी वायु सक्रिय भई प्राप्त मात्रामा जलवाष्पयुक्त हावा बहनुपर्दछ ।’ उनले भने
हाल देशको प्रदेश नं १ कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली र गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रही अन्य भ–ूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनाका साथै देशको पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । रासस
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.