www.tandavnews.com
Fact ~ In search of truth

मौसम बद्ली भएसँगै पोखरामा वर्षा,भोलि दिउसोसम्म पानी पर्न सक्ने सम्भावना

पोखरा,
ताण्डव न्यूज ।

केही खुलेको मौसममा फेरि बदली भएको छ । मौसममा बद्ली भएसँगै गण्डकी प्रदेशको कास्की र आसपासको केही जिल्लामा पानी परिरहेको छ ।

बिहान मौसम धुम्म रहँदा गर्मी महशुस गरेका पोखरेलीले पानी परेसँगै चिसो बढेको महसुस गरेका छन् । दिउँसो करिब २ बजेबाट पानी परेसँगै यतिबेला पोखरामा अन्धकार जस्तो बनेको छ ।

Batas

यसअघि मौसम पूर्वानुमान महाशाखाले आज देशैभर मौसम बदली हुने बताएको थियो । पश्चिमी वायुको प्रभावका कारण आज बिहानदेखी प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ

जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी जिल्लाहरुमा हल्का पानी परेको जनाएको छ । भोलि दिउसोसम्म पानी पर्न सक्ने मौसम विज्ञान विभागले जनाएको छ ।

पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकाले तापक्रममा गिरावट आएको छ ।महाशाखाले तापक्रममा गिरावट आउने हुँदा जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

वर्षात पछि केही दिनमा गर्मी बढ्ने अनुमान मौसम विभागको रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.