www.tandavnews.com
Fact ~ In search of truth

हिउँ परेपछि मनाङमा लागेको डढेलो नियन्त्रणमा

लमजुङ
ताण्डव न्यूज ।

मनाङको उच्च हिमाली क्षेत्र घ्यारु र ङावल सीमा क्षेत्रको जंगलमा बिहीबार बिहान देखि लागेको आगो हिउँका कारण निभेको छ ।

आइतबार अपराह्नतिर एक्कासि परेको हिउँले आगो निभाइदिएको हो । एक्यापका रेन्जर खुसी राउत कुर्मीले दिएको जानकारी अनुसार गत आईतबारदेखि सो क्षेत्रमा करिब ५ इन्चजति जम्ने गरी हिउँ परेपछि आगो निभेको हो ।

Batas

यसअघि थान्चोक र कोतोको पारि कोटेको जंगलमा मंसिर ११ देखि लागेको डढेलो माघ ५ मा मात्रै नियन्त्रणमा आएको थियो । मनाङमा गत मंसिरयता तेस्रोपटक फैलिएको डढेलो आईतबारदेखि नियन्त्रणमा आएको हो ।
संरक्षण क्षेत्र व्यवस्थापन समिति ङावलका सचिव सोनम घलेका अनुसार ङिस्याङ गाउँपालिका–२ घ्यारु र वडा–३ ङावलको सीमाक्षेत्रबाट फैलिएको यसपटकको डढेलोमा पनि कुनै मानवीय क्षति भएको छैन ।

डढेलो लागेको ठाउँ एक्यापको संरक्षित क्षेत्रभित्र पर्छ । एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार करिब १२ हेक्टर वनक्षेत्र डढेलोबाट सखाप भएको छ । डढेलो ३ हजार मिटरदेखि ३५ सय मिटरसम्म उचाइ भएको क्षेत्रमा लागेको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.