www.tandavnews.com
Fact ~ In search of truth

फेसबुकमा ‘डाक्टर माइकल अलवर्ट’ बनेर लाखौँ रकम ठग्ने ‘हरिप्रसाद बस्याल’ पक्राउ

काठमाडौँ ।

विदेशबाट पार्सल आएको लोभ देखाएर एक समूहले लाखौँ रकम ठगी गरेको छ । उक्त ठगीमा एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

पक्राउ पर्नेमा पर्वत घर भई काठमाडौँको टोखा बस्ने हरिप्रसाद बस्याल रहेको जनाइएको र उनलाई काठमाडौँको गोङ्गबुबाट पक्राउ गरिएको सिआइबीका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए । बस्यालसहितको टोलीले सामाजिक सञ्जालमार्फत वेलायतमा बसोबास गर्ने डाक्टर माइकल अलवर्ट भन्ने नामको फेसबुकमा साथी बनाई भाइबरबाट फोन आदानप्रदान गरी लोभमा पारेर रकम ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

Batas

गिरोहले शुरुमा आइफोन पठाइदिने प्रलोभन देखाएको थियो । त्यसपछि बेलायतबाट विभिन्न उपहारका सामान पठाएको र उक्त सामान भारत हुँदै नेपाल आउँदैछ भनेर आश्वासन दिएका थिए । लगत्तै भारतीय नम्बरबाट नेपाली भाषा बोल्ने महिलाले पीडितलाई पटकपटक सम्पर्क गरी बेलायतबाट आएको पार्सल सामान भारतको दिल्लीमा आइपुगेको र त्यसमा बहुमूल्य सामानका साथै पाउण्डसमेत भएकाले भन्सार छुटाउन भन्दै पैसा माग गरेका थिए ।

उनीहरुले सामान छुटाउन नेपालस्थित एजेन्टको खातामा रु १० लाख ७० हजार माग गरेका थिए । गिरोहको निर्देशनमा पीडितले उक्त रकममध्ये रु पाँच लाख २० हजार गङ्गबु बसपार्कस्थित कालीगण्डकी गेष्टहाउसमा पुगी बस्याललाई भेटेर दिएका थिए ।

त्यसपछि पीडितले आफू ठगिएको थाहा पाई प्रहरीमा उजुरी दिएका र सोही उजुरीका आधारमा ठगी कार्यमा संलग्न उनलाई पक्राउ गरिएको थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उनलाई थप कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ । प्रहरीले उनको साथबाट रु एक लाख सात हजार नगदसहित विभिन्न व्यक्तिको नाममा रकम जम्मा गरेको १० थान भौचरसमेत बरामद गरेको छ ।

(रासस)

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.