www.tandavnews.com
Fact ~ In search of truth

हिंसा नियन्त्रणमा सरकार संवेदनशील छ : गृहमन्त्री थापा

काठमाडौँ ।

गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न सरकार संवेदनशील रहेको बताएका छन् ।

“त्यस्ता जघन्य घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन मन्त्रालय प्रतिबद्ध छ”, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् , “बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानूनी कारवाहीको दायरामा आइसकेको छ ।” मन्त्री थापाले संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरीसहितको समूहलाई धन्यवाद पनि दिए ।

Batas

यसअघि गृहमन्त्री थापाले मङ्गलबार मात्रै उक्त घटनाको दोषी नजिक प्रहरी पुगिसकेको सार्वजनिक गरेका थिए । बैतडीकी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको आरोपमा पक्राउ परेका १६ वर्षका किशोरलाई पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.