www.tandavnews.com
Fact ~ In search of truth

गुल्मी र गोर्खामा भएका छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन ।

रेसुङ्गा नगरपालिका १४ पराल्मीको ठूलो पँधेरोमा हिजो साँझ जीप दुर्घटना भएको हो । हिजो साँझ लु १ ज १९८८ नम्बरको जीप दुर्घटना भएको तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर रेसुङ्गा नगरपालिका १४ का कृष्ण पोख्रेल, गोमा नेपाली र शान्ति नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए । घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अरु ३ जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेकाे छ ।

Batas

यसैबीच आँबुखैरेनीबाट मनकामना आउदै गरेको बोलेरो जिप ज्याब्रुङपाखामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । जिल्लाको शहीद लखन गाउँपालिका वडा नं. ३ ज्याब्रुङपाखामा बोलेरो जिप दुर्घटना भएको छ । तनहुँको आँबुखैरेनीबाट मनकामनातर्फ आउदै गरेको ग १ च ८७९२ नम्बरको बोलेरो जीप हिजो साँझ सातबजेतिर ज्याब्रुङपाखामा दुर्घटना भएको हो । दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएको छन् । मृत्युु हुनेमा मनकामनाका कालुभाई भनिने करिब ३५ बर्षका तोपनारायण श्रेष्ठ रहेको घटनास्थलका प्रत्यक्षदर्शी सुवास अर्यालले जानकारी दिए। अन्य ४ जना सामान्य घाइते रहेको उनले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.