www.tandavnews.com
Fact ~ In search of truth

भोलिदेखि मौसममा सुधार हुने

पोखरा,
ताण्डव न्यूज ।

पश्चिमी वायुको प्रभावका कारण केही दिन यता मौसममा परेको प्रभाब भोलिदेखि मात्रै सुधार हुने दखिएको छ । भोलिदेखि सुधार हुँदै जाने मौसमविदहरुले बताएका छन् ।

आज पनि बिहानभर मौसम सामान्य रहेपनि साँझ केही ठाउँमा पानी पर्ने सम्भावना छ । आज पनि काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा दिउँसोपछि हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

Batas

मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाण्डौ उपत्यकासहित पूर्वी तराई र पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि बद्ली भएर हल्का पानी पर्ने सम्भावना छ ।

भोलिबाट देशभर मौसम क्रमिक रुपमा सुधार हुने भएको छ । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको छ ।

आज रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले भोलिदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने मौसमविद् नगरकोटीले बताईन् । अहिले देशको उच्च पहाडी तथा हिमाली भूभागहरूमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.