एजेन्सी ।
फेसबुकले अष्ट्रेलियामा समाचारहरु हेर्न र श्यर गर्न बन्द गरिदिएको छ । अष्ट्रेलियाले सरकारले ल्याउन लागेको नयाँ कानुनका कारण फेसबुकले सञ्चारमाध्यमका समाचारहरु श्यर गर्न बन्द गरेको हो ।
बिहीबार बिहान अस्ट्रेलियाका जनता उठेपछि फेसबुकमा सबै स्थानीय र विदेशी समाचार वेबसाइटहरू बन्द भए। सरकारको स्वास्थ्य र आपतकालीन फेसबुक पृष्ठहरू पनि बिहीबार बन्द थिए। यद्यपि फेसबुकले पछि उनीहरूलाई खोल्यो।

अष्ट्रेलियाको प्रस्तावित कानुनमा फेसबुक र गुगलले मिडियाको सामग्री राखेबापत् मिडिया कम्पनीलाई पैसा तिर्नुपर्ने व्यवस्था छ।
फेसबुकले आफूले कुनै मिडियाको सामग्री चोर्ने नभई प्रकाशकहरूले नै आफ्नो समाचारको रिच बढाउन फेसबुकमा समाचार सेयर गर्ने गरेकाले पैसा तिर्ने कानुन ल्याउन नमिल्ने बताएको छ।
गत जनवरीमा अष्ट्रेलियाको सिनेटमा भएको सुनुवाइका क्रममा फेसबुकले प्रस्तावित विधेयक कानुन भए आफूले अष्ट्रेलियाली प्रयोगकर्ताको न्युज फिडमा समाचार आउनै नदिने बताएको थियो भने गुगलले सर्च इन्जिन नै बन्द गर्ने चेतावनी दिएको थियो। विधेयकबारे अहिले सिनेटमा छलफल चलिरहेको छ।
अष्ट्रेलिया सरकारकाे प्रतिबन्धले फेसबुकको विश्वसनीयतामा खतरा निम्त्याएको बताएको छ ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.