काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दामा आफ्नो जवाफ प्रस्तुत गरेका छन् ।
बिहीबार बिहान सर्वोच्च अदालत पुगेर प्रधानमन्त्री लिखित जवाफ पेस गरेका हुन् । ‘प्रधानमन्त्रीले लिखित जवाफ पठाउनुभएको भए पनि हुन्थ्यो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने , ‘अदालतको मान सम्मानका लागि स्वयं उपस्थित भएर लिखित जवाफ प्रस्तुत दिनुभएको छ ।’

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले माघ १४ गते प्रधानमन्त्रीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।
कार्की व्याङ्केटमा भएको कार्यकर्ता भेलामा प्रधानमन्त्रीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ र अदालतमा भइरहेको बहसलाई ‘तमासा’ भनेकोमा अदालतको अवहेलना मुद्दा दायर भएको थियो ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.