अर्जुन गाहा (सुशान्त)
पोखरा,ताण्डव न्यूज ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संसद विघटनको विषयमा बोल्दै अदालतको निर्णय मान्ने बताएका छन् ।
नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश समितिद्वारा पोखरामा आज (बिहिबार) स्तरिय आयोजित प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पश्चात तरंगित बनेको विषयमा बोल्दै अदालतको अन्तिम निर्णयलाई नेपाली कांग्रेले स्वीकार्ने बताएका हुन् ।

उनले अदालतको निर्णय महत्वपूर्ण बन्ने बताउदै नारा जुलुस आवश्यक नरहेको समेत टिप्पणी गरे । ओलीले संसद विघटन गरेर देशमा धु्रविकरण गरेको बताउदै देशबासी पक्ष र विपक्षमा लागिरहेको उल्लेख गरे ।
उनले संसद विघटनको विषयलाई हल गर्न पुर्नस्थापना र चुनाव मात्रै विकल्प रहेको बताए । ‘अहिले पुर्नस्थापना र चुनाव हुने कुराले देशमा हलचल मच्चाएको छ । हाम्रो चुनाव चिन्ह रुख छदैछ मिटिङ चल्याचल्यै छ, उनले भने, ‘कोही भन्छन् पुर्नस्थापना गर्दा ठीक हुन्छ कोही भन्छन् चुनाव हुदा फाईदा हुन्छ, त्यसकारण हाम्रो छलफल भैरहेको छ । अदालतलाई यसो गर उसो गर भन्ने होईन निर्णय मान्ने हो ।’
सभापति देउवाले संसद विघटनको समस्या हल गर्नु अदालत बाहेक विकल्प नरहेको दोहोर्याए । ‘अदालतले संसद पुर्नस्थापना गर्छ भने हामी स्वीकार्ने हो । चुनाव गर्छ भने चुनावमा जाने हो”, उनले भने, “त्यसकारण अदालतले भनेको मान्छौ । अदालतलाई नमाने कस्लाई मान्ने ? प्रचण्डलाई मान्ने कि ओलीलाई मान्ने ?’
उनले चुनावमा जानका लागि मगर समुदायको भुमिका रहने भन्दै सोही अनुरुप तयारीमा लाग्नुपर्नेमा समेत जोड दिएका थिए । सो सम्मेलनमा नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश र विद्यार्थी समिति गठन गर्नेछ ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.