www.tandavnews.com
Fact ~ In search of truth

गण्डाकीमा ‘केपी बा’को निम्ताे दिँदै नेता अधिकारी

पोखरा
ताण्डव न्यूज ।

पोखरामा हुन लागेको विशाल जनसभालाई सफल पार्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटी लागिपरेको छ । फागुन १५ गते हुने अमरसिंह चौरमा हुने विशाल जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एवं पार्टी सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ आउने छन् ।

जनसभा प्रचार समितिका संयोजक तथा नेकपा गण्डकी प्रदेशका सह–इन्चार्ज खगराज अधिकारीले कार्यक्रमलाई भव्य र सभ्य बनाउन तयारीमा जुटेको बताए । पाका पुनारोदेखि नयाँ पुस्ताको मनमा बस्न सफल प्रधानमन्त्रीलाई सबैले ‘केपी बा’ भन्न मन पराउँछन् । गण्डकी प्रदेशका जनतालाई प्रधानमन्त्री नै आएर सम्बोधन गर्ने भनेपछि सबै कार्यक्रममा आउन आतुर रहेको नेता अधिकारीको भनाइ छ । पोखरा त्यस दिन ९० हजारदेखि १ लाख १० हजार जनाको उस्थिति रहने उनको अनुमान छ ।

Batas

प्रधानमन्त्री पोखरा आउनुको विशेष कारण रहेको उनले सुनाए । ‘संविधानको रक्षा र प्रभावकारी कार्यान्वय गर्न, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको रक्ष गर्न, विकास र समृद्धिको महाअभियानलाई निरन्तरता दिन, राजनीतिक स्थिरताको लागि ऐक्यवद्धता जनाउन, नयाँ जनादेश लिन प्रधानमन्त्री ओलीको निर्णयलाई स्वागत गर्दै ऐक्यवद्धता जनाउन कार्यक्रम आयोजना हो,’ अधिकारीले भने, ‘त्यतिमात्र होइन नेपालको नयाँ नक्सामा समेटिएको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी फिर्ता लिने सरकारको कदमलाई साथ दिन, किसान, मजदुर, महिला, जनजाती, बुद्धिजीवी, उद्यमी, व्यापारी, युवा, विद्यार्थी, अपांगता भएका, भूपू प्रहरी÷सैनिक, भूमिहीन सुकुम्बासी लगायत जनताको मैलिक र संवैधानिक हक स्थापित एवं कार्यान्वयन गर्न र राष्ट्रिघाती र जनविरोधीहरुको पर्दाफास गर्न कार्यक्रम गरिएको हो ।’

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.