www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश मुख्यमन्त्री कप : म्याग्दी, पर्वत र तनहुँका महिला-पुरुष टोली अन्तिम चारमा

अर्जुन गाहा (सुशान्त)
पोखरा,ताण्डव न्यूज ।

पोखरामा जारी प्रथम ‘गण्डकी प्रदेश मुख्यमन्त्री कप जिल्ला स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०७७ बाट पुरुष तर्फ स्याङ्जा, पर्वत, म्याग्दी, तनहुँ तथा महिला तर्फ म्याग्दी, तनहुँ, कास्की र पर्वत अन्तिम चारमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज (सम्पन्न) खेलमा बाग्लुङलाई २५–२० र २७–२५ को सोझो सेटमा हराउदै स्याङ्जा अन्तिम चारमा प्रवेश गर्याे । त्यस्तै कास्कीलाई २५–१९ र २५–१२ को सोझो सेटमा पाखा लगाउदै म्याग्दी पनि सेमीफाईनलमा स्थान सुरक्षित गर्याे । यस्तै तनहुँ जिल्ला भलिबलसंघले नवलपुरलाई २५–१८ र २५–२० को सोझो सेट सँगै अन्तिम चारमा म्याग्दीसँगको भेट पक्का गर्याे । शुक्रबार हुने सेमीफाईनल खेल स्याङ्जा र पर्वत तथा म्याग्दी र तनहुँ बिच हुनेछ ।

Batas

यस्तै महिलातर्फ स्याङ्जालाई म्याग्दीले २५–५ र २८–२६ को सोझो सेटमा पराजित गर्याे । तनहुँले मुस्ताङमाथी २५–७ र २५–९ को सोझो सेटमा सहज जित निकाल्दै सेमीफाईनलको यात्रा तय गर्याे । तनहुँका लागि नेपाल पुलिस क्लबकी उषा भण्डारीले भारी योगदान दिईन् । त्यस्तै नवलपुरलाई पर्वतले २५–८ र २५–५ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्याे ।

कास्कीले बाग्लुङ माथी संघर्षपूर्ण जित निकाल्यो । पहिलो सेट बाग्लुङले २५–१९ मा जित निकाल्यो । दोस्रो सेटमा कास्कीले आफ्नो खेल सुधार्दै २३–२५ नतिजा सहित जित हाँसिल गर्याे भने फाईनल सेट पनि कास्कीले १८–२५ को नतिजा सहित बाग्लुङलाई हराउदै अन्तिम चारमा स्थान सुरक्षित गर्याे । शुक्रबार हुने सेमीफाईनल खेलमा कास्कीले पर्वतसँग प्रतिस्पर्धा गर्नेछ भने । म्याग्दी र तनहुँ भिड्ने आयोजकले जनाएको छ । उक्त खेलहरु बेष्ट अफ फाईभ सिस्टममा हुनेछ । सो प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका २० टिमको सहभागिता रहेको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.