www.tandavnews.com
Fact ~ In search of truth

केटू हिमाल आरोहणका क्रममा तीन जनाको मृत्यु

एजेन्सी ।

पाकिस्तान सरकारले तीन जना हिमाल आरोहीको मृत्यु भएको जनाएको छ । यसै महिनाको सुरुमा विश्वको दोस्रो अग्लो हिमाल केटूको आरोहणमा गएका पाकिस्तनी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलिका जुहाल पाब्लो मोहर अझै बेपत्ता रहेकाले मृत घोषणा गरिएको हो ।

संसारकै सबैभन्दा खतरनाक मानिएको केटू हिमाल आरोहणका क्रममा ती नागरिक यही फेब्रुअरी ५ मा सम्पर्कविहिन भएको त्यहाँको सरकारले जनाएको छ । खराब मौसम र लगातार हिमपात भइरहेका कारण हराइरहेकाहरुको खोजीकार्यमा समस्या भएको पाकिस्तानी मौसम विभागका अधिकारीहरुलाई उध्रित गर्दै अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उनीहरुले अत्याधिक चिसो मौसम भएकाले लामो समयसम्म कुनै जीव बाँच्न सक्ने अवस्था नरहेकाले हराइरहेकाहरु जिवितै फेला पर्ने सम्भावना नरहेको जनाएका हुन् ।

Batas

यता ग्याल्टन बालिस्तान प्रान्तका एक मन्त्रीले भने हराइरहेकाहरुको खोजी कार्यलाई जारी राख्नुपर्ने बताएका छन् । ती आरोही केटूको चुचुरोमा पुगेर फर्किने क्रममा दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

यसअघि १० जना नेपाली पर्वतारोहीको टोलीले गत माघ ३ गते एकैसाथ केटू हिमालको सफल आरोहण गरिसकेको छ । सन् २००८ मा सो हिमाल आरोहणका क्रममा एकै दिन ११ जना आरोहीको मृत्यु भएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.