www.tandavnews.com
Fact ~ In search of truth

“एक दुई तिन, चुनाव हुन्छ हुन्छ” : सभापती देउवा

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हुने ठोकुवा गरेका छन् ।

शुक्रबार आज नुवाकोटमा कांग्रेसको पार्टी कार्यालय उद्घाटनपछि बोल्दै सभापति देउवाले प्रतिनिधिसभा पुनस्थापना नभएको खण्डमा जसरी पनि चुनाव हुने बताए ।
‘चुनाव हुन्छ, हुन्छ, हुन्छ’ देउवाले भने ‘प्रतिनिधिसभा पुनर्स्थापना भए ठिकै छ, भएन भने जसरी पनि चुनाव हुन्छ नि, ओलीले नगराएर सुख पाउँछन् ?’ उनले चुनाव नगराएको खण्डमा ओलीलाई निकाल्नका लागि आफू पनि लाग्ने बताए ।

Batas

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेलामा पनि निर्वाचन हुँदैन हुँदैन भन्दा भन्दै भएको सभापति देउवाले निर्वाचन भएको खण्डमा तयारी गर्नुपर्दैन भनेर सहभागी नेता र कार्यकर्तालाई प्रश्न गरे । उनले भने, ‘चुनाव हुँदैन, हुँदैन भन्छन् साथीहरु, भयो भने नि ? तयारी गर्नुपर्दैन ? तयारी गर्दैमा के बिग्रियो ?’

नेपालमा संविधान नबुझ्ने कोही नभएको जस्तो देखिए पनि वास्तबमा संविधान भने कसैले नबुझेको सभापति देउवाको भनाइ छ । उनले संविधानको विषयमा अधिवक्ताहरु र अदालतले बोल्ने बताउँदै चुनावको प्रचारका लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले विचराधीन मुद्दामा आफूहरूले प्रभाव पार्न नहुने उल्लेख गरे ।

नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्ने दावी गर्दै सभापति देउवाले कांग्रेस कांग्रेसबीचकै लडाईंका कारण निर्वाचनमा हार बेहोर्नुपरेको बताए । टिकट एउटाले मात्रै पाउने भएकाले सहकार्य गरेर काम गर्न उनको आग्रह छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.