www.tandavnews.com
Fact ~ In search of truth

‘गण्डकी प्रदेश मुख्यमन्त्री भलिबल कप’ : म्याग्दी र तनहुँ बन्यो च्याम्पियन

अर्जुन गाहा (सुशान्त)
पोखरा,ताण्डव न्यूज ।

जिल्ला भलिबल संघ कास्कीको आयोजनामा सम्पन्न प्रथम ‘गण्डकी प्रदेश मुख्यमन्त्री कप जिल्ला स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०७७ को उपाधि महिलातर्फ म्याग्दी जिल्ला भलिबल संघ र पुरुषतर्फ तनहुँ जिल्ला भलिबल संघले जितेको छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज (सम्पन्न) महिला तर्फको फाईनल खेलमा पर्वतलाई ३–० को सोझो सेटमा हराउदै म्याग्दी च्याम्पियन बन्यो । भने पुरुषतर्फ स्याङ्जालाई ३–२ को सेटले पराजित गर्दै तनहुँले उपाधि जित्यो ।

Batas

यो उपाधिसँगै महिला तर्फको विजेता टोली म्याग्दी तथा पुरुष तर्फको विजेता टोली तनहुँले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित समान २÷२ लाख प्राप्त गर्याे । उपविजेता बनेको पर्वत जिल्ला भलिबल संघ र स्याङ्जा भलिबल संघले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित समान १÷१ लाखमा चित्त बुझायो ।

त्यस्तै सान्त्वना स्थान हाँसिल गरेको महिला तर्फको तनहुँको टोली र पुरुष तर्फ पर्वतको टोली ट्रफी मेडल तथा प्रमाणपत्र सहित समान ५०÷५० हजारबाट पुरस्कृत बने । उक्त प्रतियोगिताको महिलातर्फ म्याग्दीकी अरुणा शाही सर्वाेत्कृष्ट खेलाडीका रुपमा नगद रु ५ हजारबाट पुरस्कृत बने । भने पुरुष तर्फ तनहुँका मिलन चन्द ठकुरी सर्बाेत्कृष्ट खेलाडीको पुरस्कार ५ हजार राशीको हकदार बने ।
विजेता तथा उपविजेता तथा सान्त्वना स्थान हाँसिल गरेका टिमहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । उक्त प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका महिला तथा पुरुष गरी कुल २० टिमको सहभागिता रहेको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.