www.tandavnews.com
Fact ~ In search of truth

गाँजा बरामद गर्न गएको प्रहरी टोलीमाथि स्थानीयहरु जाई लागेपछि….

हेटौँडा, ताण्डव न्यूज ।
मकवानपुरमा गाँजा बरामद गर्न गएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ । गाँजा तस्कर पक्राउ गर्न जादा जिल्लाको राक्सिराङस्थित प्रहरी र स्थानीयबीच झडप भएको हो ।

१८ क्विन्टल अवैध लागूऔषध गाँजा बरामद गरी जलाएर नष्ट गरि फर्किएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका हुन् ।

राक्सिराङ गाउँपालिका९ १ गाल्छाराङमा बारीमा लुकाइराखिएको अवस्थामा १८ क्विन्टल गाँजा हिजो (शनिवार) प्रहरीले बरामद गरेको थियो ।

Batas

सडक अवरोध गरी प्रहरीलाई हातपात गर्नेमध्ये राक्सिराङ–१ बस्ने ४० वर्षीय कान्छालाला रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै, सोही गाउँपालिका कुपिनटारस्थित बारीमा रहेको १५ केजी गाँजा र १४ केजी गाँजाको भाँङसमेत प्रहरीले बरामद गरेको छ ।

प्रहरी टोली र स्थानीयबीच झडप भएपछि प्रहरीले दुईपटक हवाई फायर गरेको बताइएको छ । साथै तीनजना घाइते भएको पनि मकवानपुर प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.