www.tandavnews.com
Fact ~ In search of truth

फागुन दोश्रो सातादेखि चौथोे विरेन स्मृति १४ औं बि.टी कप फुटबल प्रतियोगिता हुने

पोखरा, ताण्डव न्यूज ।

बुद्धटोल युवा क्लब बगरको आयोजनामा आगामी फागुन १६ गते देखि ‘चौथोे विरेन स्मृति १४ औं बि।टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता हुने भएको छ ।

क्लबका सदस्य स्व। विरेन गुरुङको स्मृतिमा ‘वर्तमान आधुनिक समाजको स्वरुप, संरचना र सामाजिक ज्ञान, शिक्षा र स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारा सहित फागुन १६ देखि २२ गते सम्म पोखरा १ बगर टुडिखेलमा प्रतियोगिता सञ्चालन गरिने आज ९शनिबार० आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

Batas

प्रतियोगिताको प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले सो प्रतियोगिताको उपाधि राशि १ लाख ३२ हजार २ सय २२ निर्धारण गरिएको बताए ।

उनका अनुसार उक्त नगद पुरस्कार राशीसँगै विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ८२ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछ ।

गुरुङले प्रतियोगितामा विधागत पुरस्कारको व्यवस्था गरेको बताउदै उत्कृष्ट खेलाडीलाई ५ हजारद्वारा पुरस्कृत गरिने बताए । त्यस्तै उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र हाई स्कोररलाई जनही ३ हजार सहित ट्रफिले पुरस्कृत गरिनेछ । उनका अनुसार अनुशासित एक टिमलाई नगद रु ७ हजारको साथमा शिल्ड प्रदान गरिनेछ ।

पोखरा महानगरपालिका –१ बगर स्थित पुरानो टुडिखेलमा हप्ता दिन सञ्चालन हुने सो प्रतियोगितामा टिम दर्ता शुल्क ७ हजार निर्धारण गरिएको क्बलका अध्यक्ष विजया गुरुङले बताईन् ।

उनले प्रतियोगितामा अनुमानित ४० टिमको सहभागिता रहने बताउदैसो प्रतियोगिता सम्पन्न गर्न अनुमानित १७ लाख खर्च हुने जानकारी दिए । यसैबिच बिटी क्लब हङकङ, युके र अमेरिकाबाट पोखरा आएका क्लबका सदस्यहरुलाई खादाद्वारा स्वागत तथा अभिनन्दन समेत गरिएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.