www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव

विराटनगर ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा टेबुल गरिएको छ । आज बसेको प्रदेश १ को सातौं तथा हिउँदे अधिवेशनमा सत्तापक्षका मन्त्री तथा सांसदहरुको अनुपस्थितिमा नेकपा प्रचण्ड-नेपाल समूहका प्रदेश सांसद इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव टेबुल गरेका हुन् ।

प्रस्ताव टेबुल भएसँगै प्रदेश सभाको अर्को बैठक फागुन २० गते बिहिवार १ बजे बस्ने गरी स्थगित गरिएको छ ।

Batas

दिउँसो २ बजेका लागि बोलाइएको बैठक करिब ४ बजे मात्र शुरु भएको थियो । बैठक शुरु गर्ने विषयमा सभामुख प्रदीप भण्डारीको उपस्थितिमा विभिन्न चरणमा छलफल भएपनि सत्तापक्षका मन्त्री तथा सांसदहरु अनुपस्थित भएका थिए ।

नेकपा प्रचण्ड माधव समूहका ३७ जना सांसदहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध गत पौष १२ गते अविश्वासको प्रस्ताव दर्ता गराएकोमा हस्ताक्षर गरेका ५ जना प्रदेश सांसदहरुले हस्ताक्षर फिर्ता लिएका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.