www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ : नेता पौडेल

राजविराज ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देशलाई दुर्घटना हुनबाट जोगाउन प्रतिनिधिसभा तत्काल पुनःस्थापना हुनुपर्नेमा जोड दिए ।

मधेश यात्रामा निस्किएका नेता पौडेलले विघटन गरिएको प्रतिनिधिसभाको विरोधमा कांग्रेसले पनि आन्दोलन गरिरहेको बताउँदै लोकतन्त्र र गणतन्त्र रक्षा गर्नका लागि प्रतिनिधिसभा पुनःस्थापना जरुरी रहेको दाबी गरे । प्रतिनिधिसभा विघटनबारे संविधानको धारामा रहेर नै अदालतले फैसल गर्ने उनको विश्वास छ ।

Batas

“प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतले विचार गरिइरहेकाले कांग्रेसले अहिले ठूलो आन्दोलन नगरेको हो । भ्रममा नरहँदा हुन्छ”, उनले भने , “संविधानमा जे छ अदालतले पनि त्यही गर्छ, जतिसुकै सेटिङ गरे पनि अदालतले संविधानबाहिर गएर फैसला गर्न सक्दैन ।” नेता पौडेलले आन्दोलनमा मधेशका नेताहरूको ठूलो योगदान रहेको बताउँदै ती नेताहरूको सम्मान र ऐतिहासिक ठाउँहरूको भ्रमणका लागि आफू मधेश यात्रामा निस्केको जानकारी दिए ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.