www.tandavnews.com
Fact ~ In search of truth

औद्योगिक क्षेत्रको शिलान्यासका लागि प्रधानमन्त्री कञ्चनपुर जाँदै

काठमाण्डौँ
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओली आज सुदुरपश्चिम प्रदेशस्थित कञ्चनपुर जाँदैछन् । प्रधानमन्त्री ओलीले आज कञ्चनपुरस्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली काठमाडौंबाट जहाजमा धनगढी जाने र त्यहाँबाट हेलिकप्टरमा कञ्चनपुर जाने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा दैजी छेलामा औद्योगिक क्षेत्र बनाउने घोषणा भएको थियो । त्यसबेला केही बजेटसमेत विनियोजन भएपनि निकुञ्जको क्षेत्रभित्र पर्ने भन्दै काम सुरू भएको थिएन । सुदुरपश्चिममा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रधानमन्त्री आज कञ्चनपुर आउने जानकारी दिएका हुन् ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.