गोरखा ।
गोरखाको बारपाकमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति खाना खाएर सुतेका उनीहरु विहान मृत अवस्थामा फेला परेका हुन् । मृत्यु हुनेमा बारपाकका ८४ बर्षीय तिलबहादुर गुरुङ, उनकी बुहारी आइत कुमारी गुरुङ र तिलबहादुरकी नातिनी (छोरीकी छोरी) १३ बर्षीया उषा गुरुङ छन् ।
विहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले खोजी गर्दा उनीहरु घरभित्रै मृत अवस्थामा फेला परेका हुन् । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र आवश्यक अनुसन्धान शुरु भएको हाम्रा संवाददाता आत्माराम श्रेष्ठले जनाएका छन ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.