www.tandavnews.com
Fact ~ In search of truth

कास्की स्काउट परिसर : लागू पदार्थ प्रयोगकर्ताको अखडा !

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाको वडा नं ४ मा रहेको जिल्ला स्काउट कार्यालय कास्की परिसर लागू पदार्थ प्रयोगकर्ताको अखडा बनेको छ । संरक्षणको अभावमा जीर्ण जस्तै बनिसकेको स्काउट भवन परिसरमा लागू औषध प्रयोगकर्ताहरु पुग्ने गरेको प्रमाण फेला परेको छ ।

स्काउटको कार्यालय लागू पदार्थ प्रयोगकर्ताको अखडा हो भन्ने कुरा त्यति बेला थाहा भयो जब ‘हिल हिमालयज’ले त्यहाँ सरसफाई गर्न थाल्यो । पोखरा–४ वडा कार्यालयको पहलमा भएको सरसफाई कार्यक्रममा ‘हिल हिमालयज’का स्वयंसेवकहरुले कार्यालय परिसरमा एक सय भन्दा धेरै सुई (सिरिञ्ज) लगायतका वस्तुहरु फेला पारेका हुन् ।

Batas

३४ औँ सरसफाई क्याम्पेन लिएर वडा नं ४ स्थित स्काउट भवन परिसरमा पुग्दा ‘सिरिञ्ज’ फेला परेको हिल हिमालयजका अध्यक्ष रोशन गुरुङले बताए । “सफा गर्ने क्रममा सिरिञ्ज नै सिरिञ्ज भेट्यौँ,” दिनदहाडै यूवाहरु यस्तो कुलतमा लागि रहेका छन् ,त्यो पनि स्काउट जस्तो संस्थाको भवन परिसरमा” उनले भने ।

लागू पदार्थ प्रयोग गर्नकै लागि दिनहुँ स्काउट भवन परिसरमा आउने यूवाहरुका कारण भवन आसपासका स्थानीय समेत त्रसित छन् । ‘पोखरा भ्याली’भरिका यूवा वर्ग यहाँ आउने गरेको र नराम्रो शब्द बोल्ने गरेको स्थानीय बिमला बास्तोलाले बताईन् ।

भवनको र त्यस क्षेत्रको रेखदेख राम्रोसँग नहुदा विकृती फैलिएको पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष शंकर वास्तोलाले बताए । ‘हाम्रो वडा नम्बर ४ मा सार्वजनिक जग्गा त्यति मात्रै हो, स्काउटको कार्यलय रहेपनि राम्रोसँग संरक्षण हुन सकेको छैन्,’ उनले भने, ‘अहिले जग्गाको संरक्षण मात्र नभएर लागुऔषध प्रयोगकर्ताको अखडा भएको रहेछ ।’

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.