www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दै

काठमाण्डौँ
ताण्डव न्यूज ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बिहान ९ बजे सिंहदरबारस्थित परिषद्को कार्यालयमा बैठक बस्न लागेको हो । अहिलेको जटिल राजनीतिक अवस्थामा बस्न लागेको सुरक्षा परिषद् बैठकलाई धेरैले चासोका साथ हेरेका छन् ।

यसअघि भारतीय गप्तचर एजेन्सी ‘र’ का प्रमुख सामन्त गोयल नेपाल भ्रमणमा आउनुअघि ५ कात्तिकमा प्रधानमन्त्रीनिवास बालुवाटारमा परिषद् बैठक बसेको थियो । खासगरी राष्ट्रिय विपत् र राष्ट्रिय सुरक्षामा खतरा पैदा भएका बेला सेना परिचालनसम्बन्धी निर्णय लिन परिषद्को बैठक बस्ने गरेको छ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन छ । तर, रक्षा मन्त्रालय स्रोतले भने आज बस्न लागेको बैठकलाई नियमित भनेको छ ।

Batas

सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.