www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्चमा परेको मुद्दामा आज पेसी

काठमाण्डौँ
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दामा आज पेसी तोकिएको छ ।

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस सकिएको उक्त मुद्दामा अब फैसलाको प्रतिक्षा छ । पछिल्लो समय सर्वाधिक चासोका साथ हेरिएको सो मुद्दामा रिट निवेदक र विपक्षी दुवैतर्फका वकिलको बहस सकिएको छ । अदालतले यो मुद्दामा एमिकस क्युरी बोलाएकामा उनीहरुले पनि आफ्नो राय दिइसकेका छन् ।

Batas

दुवैतर्फका वकिलको बहस र एमिकस क्युरीको राय सकिएपछि संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधि सभा विघटन मुद्दा आजदेखि हेर्दाहेर्दैमा जाने भएको छ ।

संसद् विघटनविरुद्ध परेका रिटका पक्ष र विपक्षमा बहस गरेका अधिवक्तालाई बहस नोट बुझाउन हिजोसम्मको समय दिएको इजलासले आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला फैसला हुन सक्ने जानकारी गराएको हो । संवैधानिक इजलासमा गत माघ ४ देखि भएको बहस गत शुक्रबार सकिएको थियो । संसद विघटनविरुद्ध परेका रिटबारे सुनुवाइ भने पुस ८ गते सुरु भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले संविधानको धारा १३७ (३) बमोजिम मुद्दा संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो । त्यसपछि संसद् विघटन मुद्दाको बहस संवैधानिक इजलासमा भएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.