पाेखरा
ताण्डव न्यूज ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कमिटि कास्की (ओलि पक्ष)को संयोजकमा विजय पौडेल चयन भएका छन् । नेकपाका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका केन्द्रीय संयोजक ऐन महरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पौडेललाई संयोजकमा चयन गरिएको हो ।
कार्यक्रममा बोल्दै संयोजक महरले अनेरास्ववियु विद्यार्थीको हक अधिकारकालागि निरन्तर लाग्ने बताए । वर्तमान सन्दर्भमा केपी ओली नेतृत्वको सरकारले विकास, समृद्धि, र राष्ट्रियताको पक्षमा उल्लेखनीय काम गरेको उनको भनाइ थियो ।

सो अबसरमा बोल्दै विशेष अतिथि नेकपाका केन्द्रीय सदस्य तथा अनेरास्ववियु केन्द्रीय कारले सदस्य रश्मी आचार्यले अनेरास्ववियुमा आबद्ध विद्यार्थी अनुशासित र अध्ययनशील हुनुपर्ने बताए । उनले अमरसिंह चोक पोखरामा यहि फागुन १५ गते हुने बृहत जनसभा भब्यरुपमा सम्पन्न पार्न तदारुकताका साथ लाग्नु पर्ने बताए ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कार्यालय सदस्य आरसी लामिछाने,अनेरास्ववियु स्थायी कमिटी सदस्य सुजन भट्टराई, स्थायी कमिटी सदस्य खेम मरासिनी, विद्यार्थी नेताहरु आसिर्बाद सुवेदी,प्रकाश पौडेल, अर्जुन अधिकारी,शेखर गौतम,गोविन्द श्रेष्ठ, सुजन तामाङ, प्रतीक्षा पौडेल, लगायतले वर्तमा केपि अाेलीकाे सरकारले गरेका कामबारे बोलेका थिए । कार्यक्रमको अध्यक्षता अनेरास्वियुका नेता विवेक देवकोटाले गरेका थिए ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.