www.tandavnews.com
Fact ~ In search of truth

संसद बैठक बोलाउने सभामुख सापकोटाको यस्तो छ तयारी

काठमाण्डौँ
ताण्डव न्यूज ।

सभामुख अग्नि प्रसाद सापकोटाले अदालतप्रति जनताको विश्वास बढेको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गरेपछि सभामुख सापकोटाले यस्तो बताएका हुन् । सर्वोच्चले संसद पुर्नस्थापना गर्ने परमादेश जारी गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन भनेपछि सभामुख सापकोटाले संसद बैठकको विषयमा सबै पक्षसँगको छलफल पछि अघि बढ्ने बताए ।

Batas

अदालतमाथि सबैको विश्वास भरोसा थियो र अदालतले जनताको मन भावना अनुसार फैसला गरेको सभामुख सापकोटाले बताए । सभामुख सापकोटाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलाले राज्यका महत्वपुर्ण अंगहरुको शक्ति पृथकिकरण र भूमिकाको बारेमा पनि स्पष्ट मार्ग निर्देश गरेको बताए ।

सर्वोच्चको फैसलाले समस्त नेपाली जनता, संविधानवादको जित भएको र नेपाली जनतामा अदालतप्रतिको विश्वास झन् बढेको पनि बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.