www.tandavnews.com
Fact ~ In search of truth

ओली र दाहाललाई तत्काल सचिवालय बैठक बोलाउन नेता गौतमकाे माग

काठमााडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् । सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनःस्थापना गरेपछि उनले आज विज्ञप्ति प्रकाशन गर्दै पार्टी एकता जोगाउन पार्टी मुख्यालय धूम्रबाराहीमा सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।

पार्टी दुई समूहमा विभाजन भएपछि नौ सचिवालय सदस्यमध्ये पार्टी अध्यक्ष ओली, महासचिव विष्णुप्रसाद पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा एकातिर तथा पार्टी अध्यक्ष दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ अर्का समूहमा रहेका छन् ।

Batas

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.