www.tandavnews.com
Fact ~ In search of truth

पोखराको अमरसिंहमा हुने भनिएको नेकपाको आमसभा स्थगित

पोखरा
ताण्डव न्यूज ।

संसद विघटनपछि सत्तारुढ दल नेकपामा विभाजनको रेखा कोरियो, ओली पक्ष र प्रचण्ड माधव पक्षले आ आफ्नै दावी सहित कार्यकर्ता भेला गरेर आधिकारीक नेकपा आफूहरु नै भएको जिकिर गर्दै आए । तर सर्वोच्च अदालतले मंगलबार दिएको संसद पुनःस्थापनाको आदेश संगै दुबै समूहका यस्ता आमसभा तथा भेलाहरु मत्थर हुने देखिएको छ ।

यसको पछिल्लो उदहाहरण हो नेकपा (ओली पक्ष)को यहि फागुन १५ गते पोखरामा गर्ने भनिएको आमसभा स्थगन । सर्वोच्चको फैसलालापछि यो समूह आमसभा नगर्ने निचोडमा पुगेको हो । नेकपा (ओली पक्ष) गण्डकी प्रदेश सह ईन्चार्ज खगराज अधिकारीले फागुन १५ गते अमरसिंहमा हुने भनिएको हाललाई स्थगन गर्ने निर्णय भएको जानकारी दिए । सर्वोच्चको आदेश संगै पार्टी र देश नै अब मोडमा पुगेको भन्दै पूर्व मन्त्री समेत रहेका अधिकारीले पार्टीको निर्दिष्ट कार्यदिशा नबनुञ्जेलका लागि आमसभा स्थगित गरिएको बताए ।

Batas

गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट करिब १ लाख कार्यकर्ता पोखरा उतार्ने गरि तयारी भैरहेको उक्त आमसभामा प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थपा लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.