www.tandavnews.com
Fact ~ In search of truth

दहाल–नेपाल पक्षको प्रस्तावबारे छलफलका लागि काँग्रेस पदाधिकारी बैठक आज

काठमाण्डौ
ताण्डव न्यूज ।

नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न काँग्रेसको पदाधिकारीको बैठक बस्न लागेको हो । बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो ३ बजे बोलाइएको छ ।

बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि काँग्रेसको रणनीति, नेकपा प्रचण्ड–माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने उनले बताए । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । यसमा काँग्रेस निर्णायक देखिएको छ ।

Batas

प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्तावसमेत राखिसकेका छन् । देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए । त्यसैले काँग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गर्न लागेका हुन् । यो बैठकपछि देउवाले छिट्टै संसदीय दलको पनि बैठक बोलाउनेछन् । प्रतिनिधिसभामा काँग्रेसका ६१ सांसद छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.