www.tandavnews.com
Fact ~ In search of truth

खबर विष्लेशण : संसद पुर्नस्थापनासँगै सरकार बनाउने दौडधूपमा दलहरु कति सफल होलान् ?

काठमाण्डौ
ताण्डव न्यूज ।

संसद पुर्नस्थापनासँगै अब बस्ने पहिलो बैठक राजनीति हिसावले महत्वपूर्ण हुने छ । तर, राजनीतिक खेलहरु त्यसअघि नै मैदानमा देखिन सुरु भइसकेका छन । प्रतिनिधिसभा पुर्नस्थापनासँगै नेकपामा दुवै समुहलाई वैधानिक रुपमा अप्ठयारो देखिन्छ ।

प्रचण्ड–नेपाल पक्षले यसअघि नै संसदमा प्रधनमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको छ । त्यो प्रस्ताब अब अगाडी बढनेछ । तर, ९२ जनाले हस्ताक्षर गरेर पछि ५ जनाले फिर्ता लिएको प्रस्ताव काँग्रेस सहितको सहभागितामा नयाँ रुपमा दर्ता गर्ने वा त्यसलाई नै अघि सार्ने आन्तरिक बहस सुरु भएको छ ।

Batas

अब आफु विरुद्धको अविश्वास प्रस्ताव फेल गराउन ओली र प्रस्ताव पारित गराएर नयाँ सरकार बनाउने बाटोमा प्रचण्ड–नेपाल जोडतोडले लाग्ने देखिन्छ । त्यसको सुरुवात संसदीय दलबाट भइसकेको छ । तर, कानूनी रुपमा नेकपा एक छ । र प्रतिनिधिसभामा बहुमतमा छ । राजनीतिक रुपमा प्रचण्ड–नेपालपक्षले हटाएपनि संसदीय दलको नेता वैधानिक रुपमा ओली हुनुहुन्छ । वैधानिकताको प्रश्नको जवाफ अझै खोज्नुपर्ने देखिन्छ ।

प्रचण्डलाई वैधानिकता हिसावले चिन्ने नदेखिएकाले अब संसदीय दलमा नेकपाले चुनाव गराएर नयाँ नेता छान्नुपर्नेछ । दलको नेताबाट केपी ओलीलाई हटाउने हो भने प्रमुख सचेतकमार्फत अविश्वास प्रस्ताव दलमा लैजानुपर्ने हुन्छ । संसदीय दलको नेता ओली नै फेरि पनि चुनिए र नेकपा विभाजनले कानूनी मान्यता पाएन भने ओली फेरि प्रधानमन्त्रीको दावेदार हुनसक्ने सम्भावना छ । तर, त्यो प्रक्रियामा प्रचण्ड–माधव पक्षको मनै छैन । पार्टीगत हिसावले पनि निर्वाचन आयोगले नेकपा विभाजनलाई कानूनी मान्यता नदिएकाले केही जटिलताहरु फेरि सिर्जना हुने देखिन्छ ।

दल विभाजनले कानूनी मान्यता नपाउन्जेल वा एउटा पक्षले नयाँ दल दर्ता नगरेसम्म नेकपा एउटै पार्टी र बहमुत प्राप्त दलकै रुपमा रहने देखिन्छ । पार्टी विभाजनका लागि ओलीसँग संसदीय दलमा ४० प्रतिशत मत पुगे पनि केन्द्रीय कमिटीमा त्यो हैसियत छैन । त्यसैले दल विभाजनका लागि ओलीले संसद्को अधिवेशन बोलाउनुअघि नै अध्यादेश ल्याएर कानुनी बाटो खोल्नुपर्ने अवस्था आउन सक्छ । तर त्यस्तो अध्यादेश संसद्बाट अनुमोदन नभए फेरि अप्ठयारो आउनेछ ।

औपचारिक रुपमा दल विभाजन वा दलको नेता चयन प्रक्रियामा नजाँदासम्म नेकपाका दुवैपक्षलाई अबको बाटोमा तगारो देखिन्छ । त्यही तगाराले नेकपालाई फेरि एकताकै सहजतामा धकेल्नेसक्ने टिप्पणी पनि भइरहेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.