www.tandavnews.com
Fact ~ In search of truth

एक लाखको प्रदेश स्तरीय दोहोरी प्रतियोगिता

पोखरा
ताण्डव न्यूज ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको आयोजनामा प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगिता २०७७ हुन लागेको छ । जिल्लाबाट आएका प्रतियोगी तथा प्रदेशको एक टिम गरेर कूल १० टिम बीच फागुन २५ गते भित्र प्रदेशले क्वाटर फाइनल प्रतिस्पर्धा गर्ने दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । क्वाटर फाइनलमा प्रतिस्पर्धा गर्नेमा कास्की, तनहुँ, लमजुङ, स्याङजा, बागलुङ, पर्वत, म्याग्दी, गोरखा र नवलपुर जिल्लाबाट विजेता बनेको टिम तथा गण्डकी प्रदेशको एक टिम हुनेछन् ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना दिवस ‘लोक दोहोरी दिवस’ अवसर पारेर फागुन २९ गते सेमीफाइनल र फाइनल प्रतिस्पर्धा गराई सोही दिन पुरस्कार वितरणसहितको समापन गर्ने अध्यक्ष गुरुङले बताए । प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ११ हजार १ सय ११ रुपैयाँ द्धितीय हुने टिमलाई ७७ हजार ७ सय ७७ रुपैयाँ, तृतीय हुने टिमलाई ३३ हजार ३ सय ३३ रुपैयाँ र सान्त्वना हुने टिमलाई ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिनेछ । यसका साथै पुरुष तर्फ उत्कृष्ट गायक घोषित हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ र महिला तर्फ उत्कृष्ट घोषित हुने गायिकाले ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार स्वरुप पाउनेछन् ।

Batas

गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको विशेष सहयोगमा हुन लागेको प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगितामा जुरी निर्णायकको संयोजकमा प्राज्ञ प्रजापति पराजुली रहनेछन् । जसको सदस्यमा पुरुषोत्तम न्यौपाने र शान्ति गुरुङ रहने जनाइएको छ ।

यसैगरी दोहोरीगीत प्रतियोगिता सम्पन्न गर्न ९ सदस्यीय प्राविधिक निर्णायक टिम समेत निर्माण गरिएको छ । जसको मुख्य निर्णायकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी र संयोजकमा प्रतिष्ठानका केन्दी्रयसचिव जीवन दाहाल र सहसंयोजकमा प्रतिष्ठानका गण्डकी प्रदेश समितिका संस्थापा अध्यक्ष शंकर बिरही गुरुङ छन् । प्राविधिक निर्णायक टिमको सदस्यमा सरला पान्डे, तारानाथ आचार्य, चोलेन्द्र पौडेल, तारापति सुबेदी र पार्वती जिसी छन् ।

दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश विजीले गण्डकी प्रदेशले आयोजना गर्न लागेको प्रतियोगिताको भव्य सफलताको कामना गरे । उनले केन्द्रीय कमिटिले पनि वर्षेनी गर्दै आएको दोहोरी प्रतियोगितालाई पुन निरन्तरता दिने समेत जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.