www.tandavnews.com
Fact ~ In search of truth

लमजुङ : पाचोक गाउँमा पुग्यो बिजुली

AAha rara

लमजुङ ।

दोर्दी गाउँपालिका–५ पाचोक गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । टुकी तथा सोलारको भरमा जीवनयापन गर्दै आएका सो वडामा सिम्ररुङ, फुम्चे र कैचे गाउँमा नेपाल विद्युत् प्राधिकरणले आज पहिलो पटक बिजुली पुर्याएको हो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले कन्द्रीय प्रसारण लाइनको शुभारम्भ गर्दै प्रदेशका सबै नागरिकको घरमा बिजुली पु¥याउँने जानकारी दिए।

उनले गाउँमा ‘एक घर एक धारा’ छिट्टै निर्माण गरिने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेशसभा सदस्य धनञ्जय दवाडी, पूर्व संविधानसभा सदस्य जमिन्द्रमान घले, गाउँपालिका अध्यक्ष ओमलाल गुरुङ, वडाध्यक्ष फत्तबहादुर गुरुङ, प्राधिकरण वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङ र स्थानीय अगुवा शेरबहादुर तामाङले पूर्वाधार विकासमा जोड दिएका थिए ।

प्रदेशको भौतिक मन्त्रालयका सहयोगमा प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पु¥याएको थियो । यहाँका ६५ घरमा बिजुली बलेको छ । यसअघि टुकी र सोलारका भरमा बस्नुपर्दा, बिरामी हुँदा तथा बालबालिकाको पठनपाठनमा समस्या हुनेदेखि मोबाइल चार्जिङ गर्नसमेत समस्या हुँदै आए पनि अब भने यस्ता समस्याको समाधान भएको वडाध्यक्ष गुरुङको भनाइ छ । गाउँमा पहिलो पटक बिजुली पुग्दा स्थानीयवासी हर्षित छन् ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...