www.tandavnews.com
Fact ~ In search of truth

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

महेन्द्रनगर ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Batas

“मादक पदार्थ सेवन गरेर छतबाट लडेर बिहान मृत्यु भएको देखिन्छ”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “घरबेटीले लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।” प्रहरीले मृतकको घटनास्थल सिल गरेर शव परीक्षणका लागि महाकाली अस्पताल पु¥याएको छ ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.