www.tandavnews.com
Fact ~ In search of truth

बसुन्धरा पार्कमा मृत भेटिएका युवक ‘रेशम नेपाली’ , ‘सेल्फस अल्मुनियम फोस्फाइड’को बोतल पनि भेटियो

पोखरा
ताण्डव न्यूज ।

आज बिहिबार बिहान पोखरा ६ स्थित बसुन्धरा पार्कमा मृत फेला परेका युवकको पहिचान खुलेको छ । मृत युवक अर्घखाची घर भई हाल पोखरा ७ मुस्ताङ चोकमा डेरा गरी बस्ने वर्ष २५का रेशम नेपाली रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।

बिहान अन्दाजी ६ः५० बजे जानकारी प्राप्त गर्नासाथ प्रहरी पुगेर अनुसन्धान गर्दा मृतकको छेउमा माछा मार्ने विष ‘सेल्फस अल्मुनियम फोस्फाइड’ नाम गरेको बोतल भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.