www.tandavnews.com
Fact ~ In search of truth

रुपा गाउँपालिकाको चौथो वार्षिकोत्सव : २३ देखि २७ सम्म विविध कार्यक्रम सहित मनाइदैँ

पोखरा
ताण्डव न्यूज ।

कास्कीको रुपा गाउँपालिकाले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना सहित आफ्नो चौथो वार्षिकोत्सव मनाउने भएको छ ।

‘रुपाको पहिचान सबै क्षेत्रमा समृद्धिको अभियान’ भन्ने नारा सहित आगामी फागुन २३ देखि २७ गते सम्पन्न गर्ने गरि वार्षिकोत्सव मनाउने पोखरामा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

Batas

गाउँपालिकाका प्रवक्ता टेक बहादुर गुरुङले गाउँपालिका अन्तर्गत वडा स्तरिय अध्यक्ष कप भलिबल प्रतियोगिता, भाँकी प्रदर्शन प्रतियोगिता र माला प्रतियोगिता समावेश गरिएको बताए । उनले भलिबल तर्फ सातै वडाको टिमको सहभागिता रहने बताउदै विजेता टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित ८० हजार प्रदान गरिने बताए । उनका अनुसार उपविजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित ६० हजार प्राप्त गर्नेछ । त्यस्तै तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने टिमले क्रमश ट्रफी, मेडल तथा प्रमाणपत्र सहित ४० हजार र ३० हजार प्राप्त गर्नेछ ।

गुरुङले उक्त प्रतियोगिताबाट सर्वाेत्कृष्ट बन्ने खेलाडीलाई मायाको चिनो सहित ५ हजार प्रदान गरिने बताए । त्यस्तै उत्कृष्ट स्पाईकर, सर्भर, ब्लकर, सेटर, लिब्रोलाई जनही ३ हजार प्रदान गरिनेछ ।

यसैगरी भाँकीतर्फ प्रथम हुने टोलीलाई ३५ हजारद्वारा पुरस्कृत गरिने प्रवक्ता गुरुङले बताए । त्यस्तै द्वित्तिय स्थान हाँसिल गर्ने टोलीलाई २० हजार प्रदान गरिनेछ । भने सान्त्वना स्थान हाँसिल गर्ने टोलीले १५ हजार प्राप्त गर्नेछ ।

माला प्रतियोगिता तर्फ प्रथम, द्वित्तिय र तृतीय स्थान हाँसिल गर्ने टोलीले क्रमश ४ हजार, ३ हजार र २ हजार प्राप्त गर्नेछ ।

सोही कार्यक्रमका बिचमा राष्ट्र निर्माण र राष्ट्रियताको संरक्षणमा अतुलनिय योगदान पुर्याएका गाउँपालिका भित्रका स्रष्टाहरु (साहित्यकार, लेखक) तथा विभिन्न विधाबाट प्रतिनिधत्व गरेका खेलाडीहरुलाई ताम्रपत्र, दोसल्ला तथा नगद रु १५ हजार १ सय १ रुपैया सहित सम्मान समेत गरिने आयोजकले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.