www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, स्वास्थ्य अवस्था गम्भिर

भेन्टिलेटरमा राखेर उपचार हुँदै

काठमाडौँ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ।

मस्तिष्कघात पश्चात जोशीको थापाथलीस्थित नर्भिक अस्पतालमा अहिले उपचार भईरहेको काँग्रेस स्रोतले जनाएको छ । नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर जोशीको उपचार भइरहेको छ ।

Batas

५७ वर्षीय जोशीलाई शुक्रबार बिहान मस्तिष्कघात भएको हो। उनलाई उच्च रक्तचापको कारण मस्तिष्कघात भएको उपचारमा संलग्न चिकित्सक न्युरोसर्जन डा.राजीव झाले बताएका छन् ।

जोशीको मस्तिष्कमा रगत जमेको चिकित्सकहरूले बताएका छन्। डा. झाका अनुसार जोशीको मस्तिष्कको जुन भागमा रगत जमेको छ, त्यस्तो भागमा रगत जमेपछि निको हुन लामो समय लाग्न सक्छ ।जोशीलाई बचाउन सकिए पनि शरीरले कसरी काम गर्छ यकिनसाथ भन्न नसकिने डा.झाले जनाएका छन् ।

जोशीलाई सुरूमा वीर अस्पताल लगिएको थियो। शुक्रबार बिहान ३ बजे जोशीको स्वास्थ्यमा समस्या आएको थियो।यसैबीच कांग्रेसका सभापति शेरबहादुर देउवाले ट्वीट गर्दै जोशीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंह नर्भिक अस्पताल पुगेर फर्केका छन्।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.