www.tandavnews.com
Fact ~ In search of truth

समृद्धिको नयाँ शाखा पोखराको चिप्लेढुंगाामा

पोखरा ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले पोखरामा शाखा सञ्चालन गरेको छ । समृद्धिको शाखा पोखराको चिप्लेढुंगामा सञ्चालनमा आएको हो । शाखाको नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका निर्देशक ईश्वरी प्रसाद भट्टराईले उद्घाटन गरेका थिए ।

मकवानपुरको हेटौंडामा प्रधान कार्यालय रहेको फाइनान्सको अन्य शाखा काठमाडौंको पुतलीसडक र बुटवलमा रहेको छ । चितवनको नारायणगढमा पनि शाखा सञ्चालनमा आएको र सो शाखाको औपचारिक उद्घाटन छिट्टै हुने प्रमुख कार्यकारी अधिकृत टिकानिधी लोहनीले जानकारी दिए ।

Batas

आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजनामा फाइनान्स छ । संस्थाले आइपिएस, कनेक्ट आइपिएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

निक्षेपमा आकर्षक व्याजदर कायम गरेको संस्थाले हायर पर्चेज, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.