गोरखा ।
बारापाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
दशवर्षे जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसका अवसर पारेर सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

‘जनयुद्धका प्रथम शहीद रम्तेलको स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिइएको छ’, उनले भने, ‘जनयुद्ध र ०६२-६३ को जनआन्दोलनको जगबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएकाले वास्तविकतालाई मनन गर्न गाउँपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको हो ।’
गाउँसभाको आठौँ बैठकले प्रथम शहीद रम्तेलको स्मृति दिवसका अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बिदाका दिन गाउँपालिकाभित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षणसंस्थालगायत सार्वजनिक संघसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ ।
यसैबीच रम्तेलको २५ औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षले गोरखामा स्मृतिसभाको आयोजना गरेको छ ।
२०५२ साल फागुन १४ गते गोरखामा स्कुल पढ्न गएका ११ वर्षीय बालक दिलबहादुर रम्तेलमाथि प्रहरीको गोली लाग्दा मृत्यु भएको थियो। तत्कालीन विद्रोही पक्ष माओवादीले उनलाई जनयुद्धका क्रममा पहिलो पटक गोली हानी हत्या गरिएको भन्दै पहिलो सहिद मानेको हो ।
रासस
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.