www.tandavnews.com
Fact ~ In search of truth

फ्रुटी खुवाएर लुटपाट

काठमाडौँ,
ताण्डव न्यूज ।

अपरिचित व्यक्तिले दिएको फ्रुटी खाएका एक व्यक्ति लुटिएका छन् ।

बिहीबार बिहान ७८ वर्षीय रामबहादुर थापा लुटिएका हुन । ललितपुरको गोदावरी नगरपालिका ६ लेले बस्ने थापाको साथमा भएको १० हजार रुपैयाँ र १ तोलाको सुनको औँठी लुटिएको प्रहरीले जानकारी दिएको छ।

Batas

ललितपुर महानगरपालिका–१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकै उनलाई अज्ञात मानिसले लुटेर भागेका हुन्। सुरुमा उनलाई फ्रुटी खान दिएको र त्यसपछि बेहोस भएपछि नगद र सुन लुटेको प्रहरीको अनुसन्धानमा खुलेको छ। लुटेराको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.