www.tandavnews.com
Fact ~ In search of truth

देश्ना स्मृति कपः ब्रदरहूड र गार्डेन भेट्रान्स उपाधिका लागि भिड्ने

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

पोखरा महागरपालिका १ पुरानो टुडिखेलमा जारी ‘ दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ मा ब्रदरवुड भेट्रान्स र गार्डेन भेट्रान्स उपाधिका लागि भिड्ने भएको छ ।

शुक्रबार सम्पन्न सेमीफाईनल खेलबाट विजयी बनेको दुई टिम शनिबार पुरानो टुडिखेलमा दिउँसो १ बजे उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक हिटलर घलेले जानकारी दिए । पहिलो सेमीफाईनल खेलमा सँगम एफसीलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

Batas

उक्त खेलमा म्यान अफ द म्याच बनेका मनोज गुरुङले ४ गोलको योगदान दिए भने दीपक क्षेत्रीले १ गोल गरे । यता सँगम एफसीका लागि हरी लामाले १ सान्त्वना गोल फर्काए ।

त्यस्तै अर्काे सेमीफाईनल खेलमा भ्याली स्पोर्टस्लाई गार्डेन एफसीले १–० गोलले पराजित गर्दै उपाधि नजिक पुग्यो । गार्डेनका जीतमा सन्तोष कार्कीले निर्णायक गोलको योगदान दिए । उक्त खेलबाट गार्डेनका मन बहादुर गुरुङ म्यान अफ द म्याचको पुरस्कारको हकदार बने ।

कुल १८ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ७० हजार प्रदान गरिनेछ ।

त्यस्तै उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार प्रदान गरिनेछ । भने विधागत तर्फ उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्बाधिक गोलकर्ता र अनुशासित टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको सर्वोत्कृट खेलाडी दाम्पत्यलाई पुरस्कार स्वरुप रुपाकोट रिसोर्टको तर्फबाट एकरात आवास तथा खानाको व्यवस्था गरिएको समेत आयोजकले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.