पाेखरा
ताण्डव न्यूज ।
यूवा नेता एवं तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकाे निधन भएकाे २ वर्ष पूरा भएकाे छ । २०७५ साल फागुन १५ गते अाजकै दिन ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो । युवा पुस्तामा अति नै लाेकप्रिय अधिकारी नेकपाका प्रतिभाशाली युवा नेता थिए ।
कास्की–२ बाट प्रत्यक्ष निर्वाचित सांसद अधिकारी संसदको विकास समितिका सभापति पनि भएका थिए ।

बुवा इन्द्र प्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको जेष्ठ सुपुत्रको रुपमा बि.सं २०२६ साल बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस वडा नंं. ९ जामुनाबोटमा उनकाे जन्म भएको थियो ।
पोखराको पर्यटन विकास, ग्रामीण बाटो, फेवा, बेगनास, रूपालगायत ताल तलैयाको संरक्षण, सरसफाइ, पोखरा फराकिलो बनाउने, पुल निर्माण गर्ने, पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पसलगायतका शैक्षिक संस्थाको निर्माण एवं विकास आदिमा उनले उल्लेख्य भूमिका खेलेका थिए । उनका संविधानसभा, लोकतन्त्र र पुनसंरचना, समृद्ध नेपाल पुस्तक प्रकाशित छन् । अधिकारीकाे निधनपछि कास्की निर्वाचन क्षेत्र नं २ मा उनकै पत्नी बिध्या भट्टराईले चुनव जितेकी थिइन् ।
यसैबीच स्व. अधिकारीकाे सम्झनामा पाेखरामा विभिन्न कार्यक्रम हुने भएका छन् । अाज अपरान्ह पाेखरा १८ मेथ्लाङ स्थित स्व अधिकारीकाे शालिकमा माल्यार्पण सहित स्मृति दिवस तथा दिप प्रज्ज्वलन कार्यक्रम राखिएकाे छ । त्यस्तै भाेलि अाइतबार पाेखरा भलाम स्थित हरिहर गुफा सन्यास अाश्रममा सहयाेग कार्यक्रम अायाेजना गरिएकाे छ । त्यसैगरी यहि फागुन २१ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा स्मृति ग्रन्थ लाेकार्पण कार्यक्रम राखिएकाे स्मृति प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराई अधिकारीले जानकारी दिइन् ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.