www.tandavnews.com
Fact ~ In search of truth

हिजो घरबाट निस्केका मुस्ताङका टिक थकाली आज मृत फेला

पोखरा,
ताण्डव न्यूज ।

मुस्ताङमा एक पुरुष मृत फेला परेका छन् ।

मुस्ताङ जिल्ला घरपझोङ गाँउपालिका – ३ स्याङ बस्ने वर्ष ४९ का टिक बहादुर थकाली मृत फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

फागुन १५ गते अर्थात हिजो घरबाट निस्केका टिक फागुन १६ गते अर्थात आज ढोखाङ डाँडादेखि अन्दाजी ५० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी आज बिहान अन्दाजी साढे ८ बजे मृत फेला परेका हुन् । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.