www.tandavnews.com
Fact ~ In search of truth

सोलु एफएममा आगलागी, एक करोड बराबरको क्षति

सोलुखुम्बु ।

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिए ।

सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकडिङसहित भवनसमेत जलेर नष्ट भएको जनाइएको छ । आगलागीबाट एक करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि कारण खुल्न सकेको छैन ।

Batas

नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी, रेडियोका कर्मचारी, प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाही, प्रहरी नायब उपरीक्षक दिनेश शर्मा, वडाध्यक्षलगायतको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।

विसं २०६१ मा स्थापना भएको सोलु एफएम हाल एक हजार वाट क्षमतामा प्रसारण भइरहेको छ । रेडियोको सामग्री सबै जलेर नष्ट भएको हुँदा नियमित प्रसारणमा केही समय लग्न सक्ने समितिले जनाएको छ । रासस

                                                                                         तस्वीर:सोलु एफएमको फेसबुक पेजबाट

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.