www.tandavnews.com
Fact ~ In search of truth

एक हजार ७०० ले घट्यो पहेलो धातुको मूल्य

काठमाडौं ।

स्थानीय बजारमा आज पहेँलो धातु सुनको मूल्यमा उच्च अंकको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन एक हजार ७०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन तोलामा ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापवाल सुन तोलामा ८८ हजार ७०० मा कारोवार भएको थियो ।

Batas

यस्तै, तेजाबी सुन तोलामा ८६ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा ८८ हजार २५० मा कारोवार भएको थियो ।

यसैगरी चाँदी आज तोलामा ४० ले घटेको छ । सोमबार रु एक हजार ३३० मा कारोवार भएको चाँदी आज भने तोलामा  एक हजार २९० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.