www.tandavnews.com
Fact ~ In search of truth

क्लासिक टेकको इन्टरनेट अवरुद्ध पार्ने पूर्व कर्मचारी किरण तिमिल्सिना पक्राउ

पोखरा ।

क्लासिक टेकको इन्टरनेट डिभाइस तोडफोड गर्ने पूर्व कर्मचारी पक्राउ परेका छन् ।

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिको भारतबाट ल्याईएको इन्टरनेट सेवाको मुख्य डिभाइसहरु तोडफोड गर्ने पूर्वकर्मचारी किरण तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको हो ।

Batas

बाराको निजगढमा कार्यरत तिमल्सिनाले क्लासिक टेकको मुख्य इन्टरनेटको कनेक्सन गर्ने पथलैयाको नेपाल विद्युत प्राधिकरणमा राखेको डाटा सेन्टरको तारहरु निकालेका थिए । त्यहाँ भएका अप्टिकल फाइबर लगायतका तारहरु काटिदिँदा ५० भन्दा बढि बैंक तथा वित्तीय संस्थाका शाखाहरुमा सेवा अवरुद्ध भएको थियो।

हाल सो काटिएको अप्टिकल फाइबर मर्मत गरेर सेवा संचालन सुचारु भईसकेको क्लासिक टेक मुख्य कार्यालयका एक अधिकारीले जानकारी दिए।

कम्पनीबाट काम छोडिसकेका पूर्व कर्मचारी तिमल्सिनाले क्लासिक टेकको नेसनल ब्याकबोन नै डाउन गराएका थिए । जसले गर्दा भारतबाट वीरगञ्ज हुँदै आयात गरिएको एयरटेल र सिफीको सम्पूर्ण लिंक डाउन भएको थियो ।

यसले मुख्यगरि बैंक तथा वित्तीय संस्थाहरुको सेवा अवरुद्ध हुनुका साथै सरकारी निकायहरुको इन्टरनेट तथा अन्य ग्राहकहरुको सेवामा असर पुगेको बताईएको छ।

ग्राहकहरुलाई सेवा निरन्तर सेवा उपलब्ध गराउनुपर्ने इन्टरनेट सेवा अचानक काटिँदा र ‘पिक टाइम’ मा सेवा बन्द हुँदा क्लासिक टेकलाई समेत निकै हानीनोक्सानी भएको कम्पनीको भनाई छ।

कम्पनीकाअनुसार पूर्व कर्मचारी तिमील्सिनाले विद्युत प्राधिकरणको सो कार्यालयमा आफ्नो पुरानो परिचयपत्रमार्फत प्रवेश गरि कम्पनीका उपकरणहरुमा हानी नोक्सानी पुर्याएका थिए।

तिमिल्सिना हाल इलाका प्रहरी कार्यालय सिमरा, बाराको प्रहरी हिरासतमा रहेका छन्।अत्यावश्यक सेवा अन्तरगत पर्ने इन्टरनेट सेवामा अवरोध गर्न कानूनले रोक लगाएको छ। यस्तोमा प्रहरीले अत्यावश्यक सेवा ऐनअनुसार कारबाही गर्नसक्ने छ।

त्यसैगरि दूरसञ्चार ऐन २०५३ अन्तरगत समेत यस्तो घट्नामा कारबाही हुनसक्नेछ । सो ऐनको दफा ४७ को उपदफा ५ अन्तरगत समेत कारबाही हुने र जरिवाना तिर्नुपर्ने हुनसक्छ।

सो दफामा भनिएको छ,‘कुनै व्यक्तिले बदनियतसाथ दूरसंचार लाइन, दूरसंचार प्रणाली वा सोसँग सम्बन्धित अन्य कुनै संरचना वा उपकरणमा प्रतिकूल असर पर्ने गरी कुनै काम गरेमा, बिगारेमा वा कुनै किसिमले हानी नोक्सानी पुर्याएमा वा त्यस्तो कामको लागि दुरुत्साहन दिएमा वा त्यस्तो काम गर्न उद्योग गरेमा कसूरको मात्रा हेरी त्यस्तो व्यक्तिलाई हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.