www.tandavnews.com
Fact ~ In search of truth

प्रचण्ड-माधव समूहले ओलीलाई संसदीय दलको नेताबाट हटायो

काठमाडौं,
ताण्डव न्यूज ।

नेपाल कम्यूनिष्ट पार्टी (प्रचण्ड–माधव) समूहको स्थायी समिति बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाएर नेता फेर्ने निर्णय गरेको हो । स्थायी समितिको बैठकका निर्णयलाई केन्द्रीय कमिटी बैठकमा लगिनेछ ।

Batas

स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीको स्थानमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीको निर्णय अनुमोदन गरेपछि बस्ने संसदीय दलको बैठकमा दाहाल–नेपाल समितिका नेताहरूले संसदीय दलको नेता फेर्ने प्रस्ताव राख्नेछन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.