पोखरा ।
पूर्व मिस नेपाल शृङ्खला खतिवडा मास्र्टस(स्नातकोत्तर) अध्ययनका लागि अमेरिका जाने भएकी छिन्। उनी अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका लागि छनोट भएको जनाइएको छ ।
श्रृखला आफैँले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत हार्वर्डको ग्राजुएट स्कुल अफ डिजाइनमा आफू छनोट भएको जानकारी गराएकी हुन्। इन्जिनियरिङ विषयकी विद्यार्थीसमेत रहेकी श्रृंखलाले त्यहाँ सहरी योजना विषयमा अध्ययन गर्नेछिन्।

पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चर विषयमा स्नातक गरेकी शृङ्खलाले सन् २०१८को मिस नेपाल ताज जितेकी थिइन् ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.